Wednesday, February 21, 2018
Home > समाचार > राजविराजमा गोली लागि एक जना घाईते

राजविराजमा गोली लागि एक जना घाईते

सप्तरीको राजविराजमा शुक्रबार दिउँसो गोली चल्दा एक युवक घाइते भएका छन् । राजविराज नगरपालिका-२ चनौरा पडरियामा चलेको गोली लागेर स्थानीय १७ वर्षीय दिपक ठाकुर घाइते भएका हुन् ।

images
उनको बायाँ पाखुरामा गोली लागेको छ । घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई नचिनेका व्यक्तिले गोली हानेका थिए ।

उनलाई सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारका लागि लगिएको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए । गोली हान्ने समूहको पहिचान नखुलेको र खोजीकार्य जारी रहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: