Tuesday, November 20, 2018
Home > समाचार > जेठो बाटोको पैसा बाठाहरुले कुम्ल्याए

जेठो बाटोको पैसा बाठाहरुले कुम्ल्याए

Sadak

बने बीलभौचर जिविसमा तर सडकमा खाल्डाखुल्डी

गोपाल बराल, वर्दिवास,२४ पुस ।

‘बाजे बिते, बाबु बिते , आपूmपनि ७० नाघियो । आफ्ना तीनपुस्ता नाघेपनि वदिबास–रौजा–जलेश्वर सडकले काँचुली  फेर्न पाएन ।’ आफ्नै घरअगाडि कहीँ खाल्डाखुल्डी र कहीँ माटोको ढिस्को उठेको जिल्लाकै जेठोमा गनिने सडकको दुरावस्था बताउँदै सीताराम सरदारले निरासा पोख्नुभयो । सरदार हतिसर्वा–५ मजराको बाँतर जातिको बसोबास रहेको दलित बस्तीका अगुवा हुन् ।

जिल्लाकै पुरानो भनिएको महोत्तरी जिल्लाको वर्दिबास–रौजा–जलेश्वर सडकले तीनपुस्ता बित्दासम्म स्वरुप नफेरेपछि सो सडकक्षेत्रका बासिन्दामा देखिने निरासा पोख्ने सीताराम मात्र हुनुहुन्न । जिल्लाकै सबैभन्दा पुरानो र चल्तीको सडक भए पनि यसको सम्भारमा कुनै निकायले चासो नदेखाएको यस क्षेत्रका प्रायः सबै बासिन्दाहरुको गुनासो रहँदैआएको छ ।  वर्दिबासबाट किसाननगर, पशुपतिनगर, भङ्गहा, हतिसर्वा, धमौरा, बनौटा, पडौल, बलवा, गोनरपुरा र डाम्हीमडै गाविस हुँदै जलेश्वरसम्मको ३५ किलोमीटर दुरीको यो सडक खण्डका लागि कयौंपटक विभिन्न निकायले रकम विनियोजन गरे पनि सडक सुधारका लागि थोरै पनि काम हुन नसकेको स्थानीयबासीहरु बताउँछन् ।

जिल्लाको उत्तरवत्र्ती व्यापारिक केन्द्र वर्दिबासबाट जिल्लाका अन्य व्यापारिक केन्द्रहरु पथलैयाबजार, रौजाबजार, बनौटाबजार, पडौलबजार (महत्वपूर्ण धार्मिकस्थल पनि) र डाम्हीमडै बजार हुँदै जलेश्वर पुग्ने सबैभन्दा छोटो र जेठो बाटो उपेक्षित भएको रौजाबजारका सामाजिक राजनीतिक कार्यकर्ता मन्सुल कवारी बताउनुहुन्छ । ‘टुहुरा नानीहरु, लावारिश लास र आश्रय नभएका बृद्धबृद्धाका जस्तै यस सडकको हाल भएको छ’ कवारीले दुखेसो पोख्नुभयो । विगतमा जिविस महोत्तरीले आर्थिक वर्ष २०५५÷०५६ मा आफ्नो सबै बजेट सोही सडकमा खर्च गर्ने निर्णय गरे पनि आफूहरुका लागि सो निर्णय ‘‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’’ भनेजस्तो भएको हतिसर्वा गाविसका निवर्तमान अध्यक्ष राजनारायण राय थारुले बताउनुभयो । ‘त्यतिखेर जिल्ला परिषदबाट निर्णय भएर बजेट त्यसैका नाउँमा खर्च भएको बिलभौचर त बन्यो होला तर सडक जस्ताको त्यस्तै’–निवर्तमान अध्यक्ष थारुले थप्नुभयो ।

सो सडकका लागि विनियोजित रकम केमा खर्च गरियो भन्नेबारे जिविसले कहिल्यै जानकारी नदिएको सोही अवधिमा जिविस सदस्य रहनुभएका बनौटाका बासिन्दा श्रीनारायण महतोको भनाइ छ । आफ्ना बाजेले यो सडक कालोपत्रे हुने कुरा आफूलाई काखमा भुल्याउँदै भन्ने गरेको विगत सम्झँदै महतोले बाजे बितेको तीनदशक नाघ्दासमेत सडक बन्ने छाँटकाँट नदेखिएको गुनासो गर्नुभयो । कुनैबेला  वदिबास–जलेश्वर सडकका लागि यो सडक मुख्य योजनामै पर्ने निकै चर्चा भए पनि त्यसले अर्कै बाटो (वर्दिबासबाट औरही, रामगोपालपुर हुँदै जलेश्वर) लिएपछि यो सडक छाँयामा पर्दै आएको गोनरपुराका बासिन्दाको भनाई छ । पछिल्लो पटक गोनरपुरादेखि डाम्हीमडै हुँदै जलेश्वरसम्मको १० किलोमीटर दुरीमा विश्व बैङ्कको ऋण तथा अनुदान सहयोगमा ग्रामीण पहुँच सुधार तथा विकेदिी्रकरण परियोेजना (च्ब्क्ष्म्ए) ले दुई वर्षअघि सडक सुधारको काम गरेको भनिए पनि अहिले सो सडक खण्ड पनि खाल्डाखुल्डी र दुर्गन्धको डुङ्गुर बनेको डाम्हीमडैका बासिन्दाहरु बताउँछन् । छओटा कल्भर्टसहित माटो पुर्ने र ग्रभल गर्ने योजनाको सो काम गुणस्तरीय हुन नसक्दा दुई वर्षभित्रै सडक पुरानै अवस्थामा फर्केको डाम्हीमडै गाविसका निवर्तमान उपाध्यक्ष विकाउ मण्डलको ठम्याई छ । गोनरपुरादेखि जलेश्वरसम्मको (च्ब्क्ष्म्ए) को कामबाहेक गोनरपुरादेखि वर्दिबासको मसनघट्टासम्मको बाँकी २५ किलोमीटर दुरीमा भने राजनीतिक पहुँच र भन्ने गरिदिने कोही नहुँदा सडकको पुरानो आकार मेटिएर खाल्डाखुल्डी मात्र देखिन थालिएको यस क्षेत्रका सर्वसाधारणहरु बताउँछन् । जलेश्वरबाट डाम्हीमडै हुँदै ध्रुवकुण्डसम्मको सडक मिथिला मध्यपरिक्रमामा पर्ने भएकाले यसको काम बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गर्ने बताइए पनि काम भने अघि बढ्न सकेको छैन । जिल्लाको जेठो सडक मानिएको यो सडक नक्सामा फराकिलो (सरदर चौडाई ४० फिट) भए पनि सम्भार र हेरचार नहुँदा अतिक्रमणको चपेटामा समेत परेको सडक छेउकै बस्ती भङ्गाहा–३ थारुटोल बनराका ६५ वर्षीय रामऔतार सिंह थारु बताउनुहुन्छ । बषौंबर्षदेखि उपेक्षित रहँदै आएको यो सडकको मर्मत र सम्भारमा चासो जगाई दिन सडक क्षेत्रका बासिन्दाले स्थानीय निकाय, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, सडक डिभिजन कार्यालय मुजेलियासहितका निकायलाई गुहारेका छन् ।

यसैबीच महोत्तरीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद चापागाँईले राजनीतिक दल र सरोकारवाला निकाय एवं समूहहरुबाट माग र योजना आउन सके यसबारे आगामी जिल्ला परिषदमा छलफल गर्न सकिने बताउनुभएको छ ।

%d bloggers like this: