Tuesday, May 22, 2018
Home > समाचार > वर्दिबासमा पोखरेलले भने–‘अब धर्नाको औचित्य सकियो’

वर्दिबासमा पोखरेलले भने–‘अब धर्नाको औचित्य सकियो’

Ishwor Pokharel
सञ्चारक, पुस २४ ।
मधेश आन्दोलनप्रति कठोर रहँदैआएको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले मधेशको मौजूदा समस्या वस्तुगतभन्दा बढी सिर्जित रहेको बताएका छन् ।
मधेशको दक्षिणी भेगमा पुग्न कठिन रहेको बेला आज वर्दिबास पुगेका पार्टी महासचिव पोखरेलले कार्यकर्तासँगको भेटघाटमा सम्विधान घोषणाको ऐतिहासिक उपलब्धिलाई हेर्न र पचाउन नसक्नेहरुले फैलाएका भ्रम चिर्न नसक्दा समस्या बढेको बताएका छन् । उनले विश्वकै उदाहरण हेरिँदा पनि उत्कृष्ट सम्विधानबारे मधेसी जनतालाई बताउन र बुझाउन नसक्दा भ्रमको खेती गर्नेहरुले ठाउँ पाएको बताए । अत्यन्त लोकतान्त्रिक विधि र प्रक्रिया अपनाइएर घोषणा गरिएको सम्विधानले मुलुकलाई स्थिरता दिने कुराबाट आत्तिएका देशी र विदेशीहरुले नेपाली आँगनमा भ्रमको खेल खेलेर मधेस तताएको महासचिब पोखरेलको भनाइ थियो । सम्विधानले उत्पीडित जाति, समुदाय, महिला, दलित, मधेसी र अल्पसङ्ख्यकको हकमा विशेष ब्यवस्था गरेको कुरा सम्विधानका पानामा घामजस्तै छर्लङ्ग भएको दाबी पनि उनले गरे ।
सम्विधान लेखिँदा र घोषणा गरिँदासम्म केही कुरा छुटेका रहेछन् भने त्यसलार्ई सम्वैधानिक बाटोबाट समावेश गर्न सकिने प्रावधान रहेको जिकीर गर्दै उनले सम्विधान ढुङ्गामा लेखिएका अक्षर नभएकाले यसलाई आवश्यकता र औचित्यका आधारमा परिवर्तन र परिमार्जित गर्न सक्ने उल्लेख गरे । पछिल्ला समयमा मधेससँग जोडिएका सम्विधानमा सम्बोधन हुनपर्ने कुराबारे सम्वैधानिक प्रक्रियाबाटै समावेश गर्ने प्रकृया अघि बढेर निर्णायक तहमा पुगिसकेको बताउँदै एमाले महासचिव पोखरेलले सबैभन्दा विवादको चुलिमा देखिएको सिमाङ्कनबारेको कुरा पनि दलहरुबीचको सहमतीबाट तीन महिनाभित्रैमा राजनीतिक संयन्त्र बनाएर टुङ्ग््याइने प्रतिबद्धता सरकार र मुख्य तीनदलले व्यक्त गरिसकेपछि सीमानाकामा धर्नाको औचित्य सकिएको बताए । अब मधेशवादी दलले एमाले, काँग्रेस र एकीकृत माओवादीलाई सत्तोसराप गर्न छाडेर सम्विधानमा सम्बोधन गरिनुपर्ने कुराबारे संसदमा छलफल गर्नुपर्ने पोखरेलको सुझाव थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: