Sunday, June 24, 2018
Home > समाचार > पार्टी छोडेकी सरिता गिरी सम्मानित

पार्टी छोडेकी सरिता गिरी सम्मानित

sadhvawana

सञ्चारक

नेपाल सदभावना पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीकी सहअध्यक्ष सरिता गिरीको पार्टी परित्याग गर्ने निर्णयलाई अनुमोदित गरेको छ । पुस २० र २२ गते सम्पन्न पार्टी कार्यसमितिको दुईदिने बैठकले गिरीको पार्टी परित्याग गर्ने निर्णयप्रति सम्मान दर्शाउँदै त्यसलाई अभिलिखित गरी निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय पनि गरेको छ ।

बैठकले पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिँहको जन्मजयन्तीको अवसर पारेर आगामी बैशाख ३, ४ र ५ गते जनकपुरधाममा समारोहको आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

सोही बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै एक सय ४५ दिनदे िख जारी मधेश आन्दोलनलाई सम्बोधन गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षी संवेदनशील तथा जिम्मेवार नभएकाले मधेशको माग सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष सुनिल रोहितले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: