Saturday, December 15, 2018
Home > समाचार > सरकारले थारुसँग पनि बोल्ने

सरकारले थारुसँग पनि बोल्ने

tharu
सञ्चारक
आन्दोलनरत थारुवान/थारुवान सङ्घर्ष समितिसँग सरकारले आजबाट अनौपचारिक वार्ता थाल्ने भएको छ । केही सुरक्षाकर्मीको ज्यान जाने गरी भएको कैलालीको टिकापुर घटनापछि थारुहरुमाथि चरम दमन गर्दैआएको सरकारले मधेशी मोर्चासँगै थारुहरुसँग पनि वार्ता थाल्ने भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बिहीबार साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता हुने कार्यक्रम तय गरिएको छ ।
समानुपातिक समावेशी, जनसँख्याका अनुपातमा निर्वाचन क्षेत्र निर्धारणलगायतका मागलाई लिएर आन्दोलनरत थारुहरुले सीमाङ्कनलाई बटमलाइन बनाउँदै आएका छन् । उनीहरुले नवलपरासीबाट कञ्चनपुरसम्मको भूभागलाई थरुहट प्रदेश बनाउनुपर्ने अडान लिएका छन् । जसका विरुद्ध पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री भीम रावल र माओवादी नेता लेखराज भट्टका नेतृत्वमा सञ्चालन गरिएको अखण्ड सुदुरपश्चिमको आन्दोलनले संविधानमा थरुहट प्रदेशको सुनिश्चितता असम्भव भएको थियो ।

%d bloggers like this: