सप्तरीका डाक्टर मेडिकल काउन्सिलको परीक्षामा ३१ पटक फेल अन्य प्रमाण पत्र पनि नक्ली भएको शंका

मधेश\एमबिबिएस पास गरेपछि चिकित्सा सेवाका लागि नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्सिङ) परीक्षा अनिवार्य पास गर्नुपर्छ । एमबिबिएस पास गरेपनि यो परीक्षामा ३१ पल्टसम्म अनुत्तीर्ण भएका डाक्टर पनि छन् । उनी हुन शशिकुमार यादव । हालसम्म उनी काउन्सिलको परीक्षामा सबैभन्दा बढी पटक फेल हुने डाक्टर हुन् ।doctor
उनले १२ वर्षदेखि लाइसेन्सिङ परीक्षा दिइरहेका छन् तर हालसम्म पनि उत्तीर्ण हुन सकेका छैनन् । चुभास स्टेट युनिभर्सिटी रसियाबाट सन् २००२ मा एमबिबिएस पास गरेका हुन् उनले । २०६० साल पुस ३० गते उनले पहिलोपल्ट यो परीक्षा दिएका थिए । त्यसपछि लगातार उनी परीक्षामा सामेल भइरहेका छन् तर नतिजा भने जहिले पनि एउटै आइरहेको छ, अनुत्तीर्ण !
२०४६ साल सप्तरीको पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयवाट एसएलसी दिएका उनी एसएलसी फेल भएका थिए । उनी कृषि विषय पास गर्न नसकेका कारण एसएलसी फेल भएका थिए । दोस्रोपल्ट परीक्षा दिएका उनले उक्त विषयमा जस्ट पास अर्थात् ३२ नम्बर मात्रै ल्याएका थिए ।sashi2 sashi11
एमबिबिस पढेका यादवले एसएलसिको स्वास्थ्य शिक्षा विषयमा १०० पूर्णाङ्कमा ३५ नम्बर मात्र ल्याएका थिए ।
उनको आइएस्सीको प्रमाणपत्र नक्कली हुनसक्ने बताइएको छ । सो प्रमाणपत्रमा सामान्य कुरामा समेत त्रुटि छन् । जस्तो जियोलोजीको स्पेलिङ समेत शुद्ध लेखिएको छैन । त्यसैगरी सबैकुरा अँग्रेजी भाषामा उल्लेख मार्कसिटमा उनको नाम मात्रै नेपालीमा लेखिएको छ ।
उनी लगातार फेल भइरहेकाले एमबिबिएसको प्रमाणपत्र समेत नक्कली हुनसक्ने काउन्सिल पदाधिकारीको आशंका छ । योग्यता नपुगेका विद्यार्थीले परिवारको दबाबमा एमबिबिएस पढ्दा पटक÷पटक फेल हुने गरेको बताईन्छ । यहाँको समुदायमा खास गरी छोरालाई दाईजोकालागी मात्र एमबिबिएस पढाउने बुद्धिजिबीहरु बताउछन । अहिले पनि सप्तरीको मध्य बर्गको हरेक परिवार बाट एक जना एमबिबिएस पढाई गरिरहेको छ । नेपालमा सिमित सिट रहेका एमबिबिएस पढाईका लागी लाखौ रुपैया खर्चेर विदेश समेत पढाईका लागी गएको स्थानिहरु बताउछन । पढाई सकेर नेपाल आउदा काउन्सिलनै पास नगरी मेडिकल कलेज तथा निजि क्लिनीकहरुमा काम थालेको छ ।
केही दिनअघि मात्रै दुई डाक्टरले आफूले यो परीक्षा पास गर्न नसकेपछि अरुलाई दिन लगाएको खुलेको थियो । डा सरोज यादव र डा नविनकुमार यादवको सट्टामा परीक्षा दिइरहेका दुईजना पक्राउ परेका थिए । डा सरोज १३ पल्ट र डा नविन ७ पल्ट लाइसेन्सिङ परीक्षामा असफल भइसकेका छन् । आफूले परीक्षा दिएर पार नलाग्ने भएपछि उनीहरुले खेताला खोजेका थिए ।

डा सरोजले एसएलसीमा सेकेन्ड डिभिजन ल्याएका छन् भने एमबिबिएसमा मुश्किलले पास भएको देखिन्छ । त्यसैगरी डा नविनले पनि एसएलसीमा ४८ प्रतिशत अंक मात्रै ल्याएको देखिन्छ । भारतको बिहारबाट आइएस्सी पास गरेको प्रमाणपत्र काउन्सिलमा बुझाएका छन् ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *