Tuesday, November 20, 2018
Home > समाचार > सरकारसँग बसेर फेरि कफी खायो मोर्चाले

सरकारसँग बसेर फेरि कफी खायो मोर्चाले

ma1
सञ्चारक
सत्तारुढ दल, मुख्य प्रतिपक्षी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको बैठकमा मोर्चाद्वारा प्रस्तुत एघारबुँदे संविधान संशोधनको मागलाई लिएर बुधबारबाट औपचारिक चर्चा सुरुभएको छ ।
बुधबार साँझ सात बजेबाट राति नौबजेसम्म भएको त्रिपक्षीय कार्यदलको बैठकमा बिहीबार बिहानबाट एघारबुँदेका बारेमा थप छलफल हुने समझदारी गरी आजको चिया गफ सकिएको हो । यसअघि सरकार, प्रतिपक्षी र मोर्चाका टोलीबीच यसैगरी चिया गफ हुँदै निष्कर्षविहीन वार्ता हुँदैआएका थिए ।
देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरबारस्थित शान्ति मन्त्रालयमा भएको सो त्रिपक्षीय वार्तामा एघारबुँदे मागका विषयमा प्रारम्भिक बहस भएको बताइएको छ । मोर्चाले प्रस्तुत गरेको एघारबुँदे प्रस्तावमा सत्तारुढ दल र मुख्य प्रतिपक्षीको साझा धारणा अझ तयार भइसकेको छैन । काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिपक्षी काँग्रेसका कार्यदल सदस्य महेश आचार्यले भने काँग्रेसमा महाधिवेशनले गर्दा मधेशका मागहरुलाई लिएर मतैक्य हुन नसकेको हिजो मोर्चाका पदाधकिारीहरुलाई जनाएका थिए ।

%d bloggers like this: