Wednesday, February 21, 2018
Home > समाचार > कार्यदलको बैठक बुधबार साँझ बस्दै

कार्यदलको बैठक बुधबार साँझ बस्दै

Rannaresh g perfect
सञ्चारक
सरकार तथा प्रतिपक्षीहरु सम्मिलित कार्यदल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गठन गरेको कार्यदलबीच बुधबार साँझ छलफल हुनेभएको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिँहदरबारमा हुने सो छलफलमा मोर्चाको एघारबुँदे मागका बारेमा दुबै कार्यदलका सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् ।
एघारबुँदे मागप्रति सत्तारुढ दल र प्रतिपक्षी काँग्रेसको साझा धारणा माग गर्दैआएको मोर्चाले आजको छलफलमा प्याकैजमै सहमति हुनुपर्ने अडानलाई दोहर्याउने कुरा कार्यदलका सदस्य एवं तराई मधेश सदभावना पार्टीका सहअध्यक्ष रामनरेश रायले बताउनुभयो । छलफललाई निष्कर्षमा पुर्याउने कुरामा कार्यदल केन्द्रित रहने उहाँले प्रष्ट पार्नुभयो ।
एघारबुँदेलाई सघन छलफल गरेर असमझदारी तथा अस्पष्टतालाई हटाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार तीनसदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेश सदभावना पार्टीका सहअध्यक्ष रामनरेश राय छन् ।
सरकार र प्रतिपक्षीहरुका कार्यदलमा एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, नेकपा एमालेका उपाध्यक्ष भीम रावल र काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: