Monday, May 21, 2018
Home > समाचार > मधेशी मोर्चामा अन्य दललाई सामेल गर्दैनौं : अध्यक्ष यादव

मधेशी मोर्चामा अन्य दललाई सामेल गर्दैनौं : अध्यक्ष यादव

Mahendra Yadav Photo
मनोज यादव /सर्लाही
तराई मधेश सदभावना पार्टी(तमसपा)का राष्ट्रिय अध्यक्ष महेन्द्रप्रसाद यादवले संघीयतालाई सखाप पार्ने षड्यन्त्रमा प्रधानमन्त्री केपी ओली संलग्न भएको आरोप लगाउनुभएको छ । संयुक्त मधेशी मोर्चाका घटक दल तमसपा अध्यक्ष यादवले ओली सरकारले मधेशको मागलाई सम्बोधन नगरी वार्ताको नौटंकी गर्दै अन्तर्राष्ट्रिय समुदायलाई ठगिरहेको औंल्याउनुभयो ।
सर्लाहीको मलंगवामा मधेशी पत्रकार समाज सर्लाही शाखाले आयोजना गरेको ‘मधेश आन्दोलनको वास्तविकता तथा भ्रम’ विषयक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै उहाँले समस्यालाई समाधान नगरी अझ बल्झाएर संघीयतालाई नै समाप्त पार्ने खेलमा सरकार लागेको प्रष्ट पार्नुृभयो ।
संघीयतालाई जोगाउने जिम्मेवारी पनि मधेशी जनताको रहेको उल्लेख गर्दै अध्यक्ष यादवले सरकारले मधेशीका माग समयमै पुरा नगरे मुलुकमा अर्को आन्दोलनको सुरुवात हुनसक्ने र त्यसबाट मुलुक ठूलो दूर्घटनामा जानसक्ने बताउनुभयो ।
।मिडिया ग्यालरीको साक्षात्कार कक्षमा आयोजित सो अन्तत्र्रिmया कार्यक्रममा उहाँले संयुक्त मधेशी मोर्चा कुनै पनि हालतमा नफुट्ने दाबी गर्नुभयो । ‘कुनै दलविशेषले यसलाई फोड्ने षड्यन्त्र गरे पचपन्नजनाको सहादत र हजारौं घाइतेको जिम्मेवारी लिनुपर्ने छ ’–अध्यक्ष यादवको भनाइ थियो । उहाँले मोर्चाको आप्mनै आचारसंहिता रहेकोले आन्दोलनलाई निष्कर्षमा नपुर्याई कुनै पनि हालतमा मोर्चा नफुटने थप्दै मोर्चाका नेता र मधेशी जनताले धेरै साहसका साथ आन्दोलन गरिरहेको भए पनि मधेशीका माग अहिलेसम्म सम्बोधन नहुनुमा गैरमधेशवादी दलमा लागेका मधेशी सभासद नै कारक रहेको गुनासो गर्नुभयो ।
अध्यक्ष यादवले मधेशी जनताको मागप्रति पुरै विश्वको समर्थन रहेकोले मधेशी जनतालाई नआत्तिन आग्रह गर्दै अधिकारप्राप्तिको आन्दोलन लामै हुने भएकोले सबैजना मिलेर आन्दोलनमा सक्रियताका साथ अघि बढनुपर्ने सुझाउनुभयो । केही अबुझ मधेशीले तस्करी गरेर राज्यलाई सहयोग गरिरहेको कार्यलाई तत्काल रोक्नुपर्ने भन्दै उहाँले सरकारले मोर्चाका एउटा घटक दल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि गरेको निर्मम दमन सम्पूर्ण मधेशवादी अध्यक्षमाथिको दमन रहेको टिप्पणी गर्नुभयो ।
उहाँले चार दलको मोर्चा रहेकोले यसका अन्य कुनै दललाई समावेश गर्न नसकिने तर समान माग र समान विचारधारा भएका शक्तिलाई संघीय गठबन्धनमा समावेश गरी आन्दोलनलाई थप सशक्त बनाउन आफूहरु हरसम्भव तयार रहेको बताउनुभयो । सो अन्तरत्र्रिmया कार्यक्रममा विभिन्न पेशाकर्मी, नागरिक समाज, पत्रकार तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: