Tuesday, May 22, 2018
Home > सामाज > गजेन्द्रवादी अध्यक्ष तिबारी बिहार भ्रमणमा

गजेन्द्रवादी अध्यक्ष तिबारी बिहार भ्रमणमा

राजविराज । नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का राष्ट्रिय अध्यक्ष विकास तिवारी मधेश आन्दोलनको पक्षमा समर्थन जुटाउन भारतको बिहार भ्रमणमा निस्केका छन् । चार दिन अगाडि बिहार पुगेका उनले विभिन्न राजनीतिक दलका नेताहरुसँग मधेश आन्दोलनबारे छलफल समेत गरेका छन् ।download
तिवारी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रवादी कांग्रेस पार्टीका केन्द्रीय महासचिव एवं पूर्व केन्द्रीय मंत्री सांसद तारीक अनवर बिहारको राजधानी पटनामा भेटवार्ता गरेको पार्टी स्रोतले जनाएको छ ।
करीब एक घन्टासम्म चलेको भेटवार्तामा तिवारीले संविधानमा मधेश विरोधी प्रावधान, अखण्ड मधेशको सवाल, सीमामा भइरहेको तस्करी, सरकारद्वारा ल्याइएको संविधान संशोधन विधेयक, जारी मधेश आन्दोलनमा भारतको समर्थन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
नेसपा गजेन्द्रवादीको प्रतिनिधिमण्डलमा अध्यक्ष तिवारी, उपाध्यक्ष महमद कलाम आजाद, सचिव कुवेर यादव, सदस्य रामदेव मधेशी लगायतका सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: