Tuesday, November 20, 2018
Home > Uncategorized > सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा प्रशासनको आदेश मधेशमा ’जनमत संग्रह’ गरिदै

सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा प्रशासनको आदेश मधेशमा ’जनमत संग्रह’ गरिदै

परिष कुमार कर्ण  सप्तरी । स्वतन्त्र मधेशका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँडेका सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ ।ck
सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको अभयास गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने डा. सिरहाका प्रमूख जिल्ला अधिकारी डा मानबहादुर बीकेले बताएका ।
मधेसलाई नेपालबाट टुक्र्याएर अलग्गै स्वतन्त्र मधेश देश बनाउने भन्दै हिँडेका राउतले अहिले मधेसमा गरिरहेको जनमत संग्रहको अभयासलाई अलग्गै देश बनाउने अभियानसँग जोड्ने र यसको फुटेज संयुक्त राष्ट्र संघमा पठाएर मधेसमा सामानान्तर सरकार चलाउने आफ्नो योजना सार्वजनिक गरेका छन् ।Ck-Raut-plane
सुरुमा जनचेतना निर्माण गर्ने, त्यसपछि निर्वाचन आयोग गठन गर्ने, मधेसी पार्टीहरुले उमेद्वारी दर्ता गरेर मधेसमा आफ्नै चुनाव गराउने अनि मधेस संसद र मधेस सरकार गठन गर्ने राउतको योजना छ ।
मधेस सरकार र मधेस संसद घोषणा गरेपछि मधेसलाई स्वतन्त्र देशका रुपमा घोषणा गर्ने र प्रतिरक्षा आन्दोरनका साथै राष्ट्र संघलाई गुहारेर जनमत संग्रह गराई नेपालबाट अलग हुने उनको ग्राण्ड डिजाइन छ । अहिंसाको बारेमा बढी समय खर्चेका राउतले स्वतन्त्र राष्ट्र नभए लाखौं लाख जनता मर्न सक्ने बताए । अहिले जातीय द्वन्द्व र हिंसा चरम अवस्थामा रहेको बताउँदै उनले १० बर्षमा छुट्टै मधेशको निर्माण नगरिए यही द्वन्द्व र हिंसाकाबीच लाखौं जनता मर्न सक्ने बताए ।
‘अहिले मधेशको अवस्था उम्लेको पानी सरह छ’ उनले भने, “यो उम्लेको पानीबाट शान्तिपूर्ण बाटो अबलम्बन गर्दै आफ्नो मागहरु राख्नु नै ठीक हुनेछ ” भन्ने तर्क प्रस्तुत गरेका छन ।

%d bloggers like this: