असई हत्याको जिम्मा लिने जयकृष्ण गोइत को हुन् ?

परिष कुमार कर्ण सप्तरी \ जयकृष्ण गोइत् लामो समयसम्म नेपालको कम्युनिष्ट आन्दोलनमा कठोर संघर्ष गर्ने राजनीतिक व्यक्तित्व हुन् । तत्कालिन नेकपा माओवादीको मधेशी मुक्तिमोर्चाका नेतृत्व तहमा रहेर मधेश र मधेशी जनताको हक अधिकारका लागि उनले सशक्त आवाज उठाएका थिए । सोही क्रममा माओवादीबाट विद्रोह गरेर २०६१ साल साउन १० अखिल तराई मुक्ति मोर्चाको केन्द्रिय संयोजक भएर तराई–मधेशमा सशस्त्र क्रान्तिको शंखनाद गरेका थिए ।

तर केहि विवादका कारण मोर्चा टुक्रा टुक्रा भयो र उनी सेलाए । सप्तरी त्रिकौलका ७० वर्षीय जयकृष्ण गोइत भुमिगत आन्दोलन थालेदेखि भारतको विहारमा बस्दै आएका छन् । उनले वि.सं.२०६३ चैत २६ गते जारी गरेको एक विज्ञप्तीमार्फत नेपाली शासकले तराई छोडनु पर्ने, तराई स्वतन्त्र राज्य हुनु पर्ने, तराईको शासन तराईको मूलबासीले गर्न पाउनु पर्ने, तराईको सम्पूर्ण राजस्व तराईको विकासमा खर्च गर्नुपर्ने जस्ता मागहरु अघि सारेका छन ।सोमबार साझ गौतको कार्यकर्ताले जिल्लाको भारतीय सिमावर्ती गाउँ झुटकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई रमेश सुब्बामाथि ६ बजेतिर गोली प्रहार गरी हत्या गरेको छ । घटना लगतै गौतले टेलिफोन मार्फत हत्याको जिम्मा लिएको थियो । भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *