Tuesday, December 11, 2018
Home > Uncategorized > महतो कुटिएको विरोधमा शिक्षण संस्था बन्द

महतो कुटिएको विरोधमा शिक्षण संस्था बन्द

महोत्तरी, । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबारदेखि तीन दिनका लागि महोत्तरीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालय बन्द गराएको छ ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोमाथि विराटनगरको जोगवनी सीमा नाकामा प्रहरीले बल प्रयोग गरी घाइते बनाएको विरोधमा मोर्चाले सोमबारदेखि पुस १५ गतेसम्मका लागि जिल्लाका हरेक शिक्षण संस्था बन्द गराएको हो ।
विद्यालय सञ्चालनमा रहँदा बालबालिकाको सुरक्षा मुख्य चुनौती रहेकाले सम्पूर्ण शिक्षण संस्था तीन दिनका लागि बन्द गरिने निर्णय गरिएको मोचाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

%d bloggers like this: