Tuesday, September 25, 2018
Home > सामाज > प्रहरीको दमन बाट सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहित दर्जनौ नेता घाईते

प्रहरीको दमन बाट सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो सहित दर्जनौ नेता घाईते

विराटनगरको सीमावर्ती जोगबनी नाकामा धर्ना बसिरहेका सदभावना पार्टीका राष्टिय अध्यक्ष राजेन्द्र महतो प्रहरीको लाठी प्रहारबाट घाइते भएका छन् ।m1m2

सीमा नाकामा शान्तिपुर्ण तरिका बाट अवरोध गर्न बसेका महतोलाई धर्नामा बस्नबाट प्रहरीले रोक्न खोज्दा झडप भएको हो । लाठी प्रहारबाट अध्यक्ष महतो, सहित दर्जनौ नेता घाईते भएको मोर्चाले जनाएको छ । m4 m3
महतोको टाउको, छाति, औंला र दुईवटै खुट्टामा गम्भीर चोट लागेको सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादवले बताए । महतोलाई उपचारका लागि गोल्डेन अस्पतालमा राखिएको छ । महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो ।
झडपका कारण शान्त रहेको जोगबनी नाका तनावग्रस्त भएको हो । झडपपछि त्यहाँबाट सर्वसाधारणको आउजाउ समेत प्रभावित भएको थियो । त्यस्तै प्रहरी दमन गरेको विरोधमा सप्तरीको राजविराजमा मोर्चाका तेता तथा कार्यक्रताहरुले मसाल जुलुस पर्दशन गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी केही बेर नारावाजी समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: