Saturday, December 15, 2018
Home > समाचार > कार्यालय संचालन गरिए क्षतिको जिम्मेबारी स्वयं हुने चेतावनी

कार्यालय संचालन गरिए क्षतिको जिम्मेबारी स्वयं हुने चेतावनी

राजविराज । मधेशी मोर्चा सप्तरीले आफूहरुको निर्णय विपरित कुनै पनि कार्यालय संचालन नगर्न सचेत गराएको छ ।
मोर्चाको राजविराजमा बसेको बैठकले आफूहरुको निर्णय विपरित सरकारी अथवा गैर सरकारी कुनै पनि कार्यालय संचालन गरिए त्यसबाट हुने क्षतिको परिणाम स्वयं कार्यालयहरु नै हुने चेतावनी दिएको छ । बैठकले जिल्लामा रहेका सम्पूर्ण सरकारी, गैर सरकारी, अर्ध सरकारी कार्यालय तथा संघ संस्थाहरु पूर्ण रुपमा बन्द रहेकोले सो कार्यालय तथा संघ संस्थाहरु अझै पूर्ण रुपमा बन्द तथा ठप्प गरी निर्णायक यस मधेश आन्दोलनलाई उचाईमा पु¥याउन सहयोग गरी दिन सबैसँग हार्दिक अपिल गरेको छ ।
मोर्चाले सर्वसाधारणको पिर मार्कालाई ध्यानमा राखी हप्ताको एक दिन मात्र सोमबार सम्पूर्ण बैंकलाई खोल्ने तथा कुनै किसिमको अवरोध नगर्ने जनाएको छ ।
अधिकार प्राप्तिको निर्णायक महान मधेश आन्दोलन उचाईमा पुगिरहेको अवस्थामा अबको यस महान आन्दोलनलाई अझै उत्सर्ग र उचाईमा पु¥याउन सबैसँग हार्दिक अपिल गर्दै उसले ११ गते वृहत विरोध सभा, १३ गते मधेश क्रान्ति सँस्कृति कार्यक्रम र १५ गते वृहत लाठी जुलुस प्रदर्शन गर्ने जनाएको छ ।
मोर्चाका जिल्ला संयोजक कपिल देव यादवको संयोजकत्वमा बसेको बैठकले आन्दोलन निरन्तर जारी रहेको र उचाईमा पुगिरहेको उल्ल्ेख गर्दै सम्पूर्ण जनसमुदायहरुसँग आन्दोलनलाई अझै उचाईमा पु¥याउन अपिल गरेको छ ।

%d bloggers like this: