नारायणकाजीले भने–‘तपाईं पुरानै शक्ति’

nk

वर्दिबास ।
नयाँ राजनीतिक शक्ति निर्माणका अभियन्ता रामरिझन यादवलाई एनेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘पुरानै शक्ति’ भएको बात लगाएपछि वर्दिबासको एउटा गम्भीर कार्यक्रममा हाँसोको फोहोरा नै छुट्यो । एमाओवादी नेता गिरिराजमणी पोखरेलको बुवा चन्द्रमणी पोखरेलको स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा एमाओवादी उपाध्यक्ष श्रेष्ठले कार्यक्रम सकिएपछि यादवतिर हात समाएर तेर्सिदैँ ‘तपाई त हाम्रो साथी, नयाँ शक्ति त हनुहुन्न’ भन्दै परिहास गरेपछि कार्यक्रम स्थलमा उपस्थित अधिकांश व्यक्ति गलल हाँसेका थिए ।
नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्ने क्रममा जलेश्वरबाट वर्दिवास आइपुगेका यादव स्मृतिसभामा स्व.पोखरेलसँगको निकटताका कारण सहभागी भएका थिए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *