Monday, May 21, 2018
Home > कृषि/वन/वातावरण > वन बाहिरका रुखहरु

वन बाहिरका रुखहरु

TREES OUTSIDE FOREST (TOF)

sujit photo
सुजीतकुमार झा
परिचय
वन बाहिरका रुखहरु (TOF) भन्नाले त्यस्ता प्रकारका रुखहरु, जुन वन भनी परिभाषित नभएको क्षेत्र तथा झाडीबुट्यानमा भएका रुखहरुलाई जनाउँछ । यस्ता प्रकारका रुखहरु प्रायः जसो मानिसहरुको खेतबारीमा, मानववस्ती तथा बजारक्षेत्रमा, बगैचामा, सडकको छेउछाउमा , खोला तथा नहरको छेउछाउमा र पर्तीपरात जग्गाहरुमा बृक्षरोपण गरिएको तथा प्राकृतिकरुपमा उम्रेको हुन्छ । खाद्य तथा कृषि संगठन १९९८(FAO 1998) ले दिएको परिभाषाअनुसार १०% भन्दा कम क्षेत्र इकाई तथा ०. ५ हेक्टरभन्दा कम क्षेत्रफलमा भएका रुखहरुलाई वन बाहिरका रुखहरु (TREES OUTSIDE FOREST) भनिन्छ । यसलाई छोटकरीमा त्इँ पनि भनिन्छ । यस प्रकार वन बाहिरका रुखहरुले मुख्यरुपले मानव जीवनका लागि दैनिकरुपमा चाहिने दाउरा, डालेघास, स–साना परिमाणका काठहरु प्राप्त गर्न सकिन्छ । यसले भू प्राप्त गर्न सकिन्छ भने भू–संरक्षण , कार्बन सञ्चितिकरण , वातावरण सन्तुलन, जैविक विविधता संरक्षण र ग्रामीण जीविकोपार्जनमा पनि यसले प्रत्यक्षरुपले सहयोग पु¥याएको हुन्छ ।

वास्तवमा भन्ने हो भने त्इँ धेरै चाखलाग्दो विषयवस्तु हुनुका साथै यसको व्यवस्थापनका धेरै चाखलाग्दा उद्देश्यहरु पनि छन् । तर पनि नेपालको संदर्भमा यो वेबास्ता गरिएको विषयवस्तुको रुपमा रहेको छ । हालसम्म वन वाहिरका रुखहरुका बारेमा थोरै अध्य्यन र अनुसन्धान हुनु ,नेपालको वन बाहिरका रुखहरुको स्पष्ट पहिचान नहुनु आदिले पनि यस्तो महत्वपूर्ण विषय ओझेलमा परेको हो । यसले ग्रामीण क्षेत्रमा जुन घर वरिपरिका रुखहरु, निजी आवादीका रुखहरु आदिको योगदानबारे अध्ययनअनुसन्धान थोरै मात्रामा भएको पाइन्छ । प्रायःजसो डेथहरुमा राष्द्रिय वन श्रोत सर्वेक्षण कार्य जुन विभिन्न अवधिमा गरिन्छ ,त्यसमा त्इँ को बारेमा एउटा छुटै अध्य्यन गरी यसको योगदानको बारेमा अध्ययन गर्ने गरिएको छ । नेपालको सन्दर्भमा हालसम्म सम्पन्न भएका दूईओटा राष्द्रिय वन श्रोत सर्वेक्षणमा(TOF)  को बारेमा कुनै प्रकारको अध्ययन भएको देखिदैँन भने हाल नेपालमा भइरहेको राष्द्रिय वन श्रोत सर्वेक्षण कार्यमा(TOF)  को श्रोत सर्वेक्षण गर्न सोच रहे पनि अहिलेसम्म कुनै सुरुवात भएको पाइँदैन । त्यसकारण यो हाल सरकारको प्राथमिकता नभएको नै महसुश गरिएको छ । त्यसकारण वन बाहिरका रुखहरु जसले वन श्रोतको वृद्घिका लागि ठूलो भूमिका निर्वाह गरिरहेको छ , त्यसको वास्तविक क्षेत्रफल तथा योगफलको प्रतिशत बारेमा मूल्याङ्कन हुन जरुरी देखिन्छ ।
महत्वः
वन बाहिरका रुखहरुले विभिन्न प्रकारका भू–उपयोग प्रणालीका बारेमा खाली जग्गाको सदुपयोग तथा त्यसमा गरिने वन व्यवस्थापन प्रणालीका बारेमा सम्भावनाको अध्य्यन गर्न सकिन्छ । यसले रुखहरु तथा कृषि बालीहरुको औपचारिक सम्बन्ध कायम गरी कृषि वन प्रणालीको प्रयोगको विषयमा समेत अभ्यास गरी उपलब्ध श्रोतहरुको वास्तबिक सदुपयोग गर्न सकिन्छ । यसको अभ्यासले वातावरण तथा खेर गइरहेको भूमिलाई जोगाउन समेत सहयोग भएको हुँदा वास्तबिक सदुपयोग गर्न सकिन्छ । यसको अभ्यासले वातावरण तथा खेर गइरहेको भूमिलाई जोगाउनसमेत सहयोग भएको हुन्छ । साथै आधुनिक कृषि वन प्रणालीको रुपमा विकास गदै वन बाहिरको रुखहरुलाई व्यवस्थित गर्न सकिन्छ । वन बाहिरका रुखहरुको बगैचाहरु किसानहरुका लागि उत्पादनमूलक विकास गर्दै जाने हो भने सधैँभरि आम्दानीको श्रोतको रुपमा विकास गर्न सकिन्छ । त्इँ ले खेतीको कार्यलाई विविधिकरण गरी वातावरणीय श्रोतको राम्रोभन्दा राम्रो प्रयोग गर्न सकिन्छ ।
फाइदाहरुः–
वन बाहिरका रुखहरु -TOF को विकाससोन्मुख देश नेपालको सन्दर्भमा विभिन्न फरक–फरक सिद्वान्त अनुसार निम्नअनुसारका फाइदाहरुका बारेमा चर्चा गर्न सकिन्छ ।
(क) कृषि बालीसँग सम्बन्धित फाइदाहरु ः–

 खाली जग्गामा विभिन्न वहुउद्देश्यीय रुखहरुको वृक्षरोपण गरी खेतीयोग्य जग्गाबाट लगातार आम्दानीको श्रोत वढाउन सकिन्छ ।

 विभिन्न प्रकारका बालीनाली तथा जनावरहरुका लागि , खेतीका लागि रुखहरुवाट संरक्षण गर्न सकिन्छ । जस्तैः–हावाको प्रभावमा कमी , सूर्यको अति प्रकाशबाट विरुवाहरुलाई छायाँ , बर्षा हावा र पानीवाट बचावट, भू–संरक्षण तथा माटोमा भएका स–साना जीवाणु र वनस्पतीहरुको वचावट गर्न सकिन्छ ।

 रुखको जराद्वारा खाली भएको पौष्टिक तत्वहरुलाई पुनरुत्पादन गर्नुको साथै माटोको जीवात्मक तत्व (Soil Organic matter)  हरुलाई पातपतिङ्गर तथा अन्य झिँजामिजाद्वारा पुर्ति गर्ने कार्य गरिन्छ ।
(ख) वनबालीसँग सम्बन्धित फाइदाहरु ः–

 एउटा रुखदेखि अर्कोे रुखसम्मको दुरी (Spacing) धेरै भएको हुनाले रुखको आयतन र वायोमास बृद्धि छिटो र बढी हुन्छ । साथै बृक्षरोपण र यसको तारबार खर्चसमेत कम लाग्छ ।
 उच्च गुणस्तरका काठहरु उत्पादनमा बृद्धि हुन्छ किनभने छटनी (Thining ) तथा झाडी सफाई Cleaning) जस्ता कार्यहरु गर्नु पर्दैन ।
 खाली जग्गामा भएको कृषि बाली अभ्यासद्वारा रुखहरुको संरक्षण तथा सम्बद्र्धन हुन्छ । जसले गर्दा कीरा , आगो तथा चरनबाट बिरुवालाई जोगाउन सकिन्छ ।

(ग) वातावरणसँग सम्बन्धित फाइदाहरु ः–

 संवेदनशील क्षेत्रमा माटो तथा पानीलाई जोगाउन सकिन्छ ।
 कार्बन सञ्चितिकरणको माध्यमबाट हरित गृह प्रभाव (Green House Effect ) लाई घटाउनुका साथै माटोको जीवात्मक तत्वहरुलाई सन्तुलन गर्ने कार्य गर्दछ ।
 सौन्दर्य तथा सजावट कार्यका लागि खेर गइरहेको जग्गालाई वास्तबिक भूमिको रुपमा तयार गर्दछ । वन बाहिरका रुखहरु (TOF) का प्लटहरुले मानव समाजमा एउटा विशेष प्रकारको छाप मानिसहरु बीचमा राख्न सकेको छ ।
 यसमा कृषि तथा वन विज्ञानसम्बन्धी निर्देशक सिद्धान्तहरु साधारणतया धेरै प्रणलीहरु कृषि नीतिअनुसार चल्ने भएकाले वातावरणको लागि अझ प्रभावकारी देखिएको छ ।

४. अध्य्यन तथा अनुसन्धानको स्थिति ः–

वन बाहिरका रुखहरु(TOF) को अन्य देशहरुमा अध्ययन तथा अनुसन्धान हुनुका साथै दक्षिण एसियामा खासगरी भारत , पाकिस्तान र श्रीलंकामा विशेष अध्य्यन भएको पाइन्छ । श्रीलंकामा समन्ुद्र तटीय वनमा वन बाहिरका रुखहरुबाट राज्यकोषलाई राम्रो सहयोग भएको छ । भारतमा Forest Survey of India (FSI) ले सन् १९९१ देखि नै वन बाहिरका रुखहरु (TOF) सर्वेक्षणको कार्य सुरुवात गरेको पाइन्छ । ँक्क्ष् ले सन् २००३ मा गरेको अध्य्यनअनुसार सहरी क्षेत्र र ग्रामीण क्षेत्र छुट्याएर १०% जिल्लालाई छुट्याएर अध्य्यन गरेको पाइन्छ । त्यस्तै FSI को सन् २००९ को सर्वेक्षणअनुसार भारतमा २३.८४ % जम्मा वन क्षेत्र रहेकोमा २.८२% वन बाहिरका रुखहरु (TOF) रहेको तथ्यांक प्रकाशित गरेको छ ।

नेपालको सन्र्दभमा वन बाहिरको रुखहरु (TOF) को बारेमा केही लेखरचनाहरु तथा अध्य्यन अनुसन्धानहरु शैक्षिक उद्देश्यहरुका लागि मात्र भएको पाइन्छ । नेपालमा वन अनुसन्धान तथा सर्वेक्षण विभागको अगुवाइमा प्रत्येक विकास क्षेत्रहरुको तराईमधेश क्षेत्रमा अध्य्यन गर्ने सुरुवात गरेको पाइन्छ । जसअनुसार पूर्वाञ्चलको मोरंग जिल्लामा , मध्यमाञ्चलको धनुषा जिल्लामा, पश्चिमाञ्चलको नवलपरासी जिल्लामा , मध्यपश्चिमाञ्चलको दाङ जिल्लामा र सुदुरपश्चिमाञ्चलको कञ्चनपुर जिल्लामासमेत अध्य्यन गरेको पाइन्छ । साथै हाल भइरहेको राष्द्रिय वन श्रोत सर्वेक्षणमा पनि वन बाहिरका रुखहरु ९त्इँ० को श्रोत सर्वेक्षणको योजना रहे पनि हालसम्म सुरुवात हुन सकेको छैन । त्यस्तै शैक्षिक उद्देश्यका लागि काठमाडौं फरेष्द्री कलेजका स्नातक तहका विद्यार्थीहरु सुजीतकुमार झा र विजयकुमार यादवले महोत्तरी जिल्लाका क्रमशः पिपरा र सहोरवा गाविसमा सामान्य अध्य्यन गरेको पाइन्छ । त्यस्तै वनको जानकारी नामक पत्रिकामा विभिन्नप्रकारका लेखरचनाहरु प्रकाशित भएको पाइन्छ ।

निष्कर्षः–
नेपालको सन्दर्भमा वन बाहिरका रुखहरु ९त्इँ० खासगरी खेतबारी र बगैचामा (Farm Land) , सडक तथा नहर छेउछाउका वृक्षरोपण (Road and canal side Plantation ),  सामुदायिक जग्गा(Public Land ) , सार्वजनिक जग्गा ( Community Land ),  र पर्तीपराँत जग्गा (Waste Land )आदि रहेका छन् । त्यसमा खासगरी तराईमधेशमा रहेका बगैचामा FAO का परिभाषाअनुसार ०.५ हेक्टरभन्दा ठूलो बगैचा क्षेत्र तथा १०% भन्दा बढी क्षेत्र घनत्व भएकोले नेपालको सन्दर्भमा उक्त परिभाषा परिवर्तन गर्नुपर्ने देखिन्छ । साथै वन बाहिरका रुखहरु (TOF) को श्रोत सर्वेक्षणका लागि Volume and Biomass Calculation का लागि छुट्टै तथ्यांक तालिका (Database) तयार गर्नुपर्ने देखिन्छ । यसरी वन बाहिरका रुखहरु ९त्इँ० को वन श्रोत सर्वेक्षणका लागि तहीकरण (Stratification) गर्दा रुख बगँैचाका लागि एउटा तह, सडक तथा नहर छेउछाउका रुखका लागि एउटा तह, पर्तीपराँत तथा सार्वजनिक जग्गाका रुखहरुका लागि एउटा तह र आली तथा फाटफुट खेतबारीमा भएको बृक्षरोपणका लागि एउटा तह बनाई छुट्टाछुट्टै नमूना संकलन गरी वन श्रोत सर्वेक्षण कार्य गर्नुपर्ने देखिन्छ ।
सन्दर्भ सामग्री ः–

India State of Forest Report, Summary, 2009, Forest Survey of India.

 

Jha, S.K., 2012, Species Diversity and Carbon Estimation in Trees outside Forest (TOF): A case study from Pipara V.D.C. of Mahottari District.

Kharal D.K. et. al, 2008, Assessment of Trees outside Forest, Nawalparasi District , Department of Forest Research and Survey, Kathmandu, Nepal

(लेखक झा सहायक वन अधिकृत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: