Tuesday, May 22, 2018
Home > सामाज > जनतासम्म पुगेन अदालत

जनतासम्म पुगेन अदालत

सञ्जीवबिक्रम शाह

सप्तरी २४ मंसिर । बन्द र हड्तालका कारण पुनरावेदन अदालत राजविराजले अहिलेसम्म लक्ष्यभन्दा करिब १ हजार ३ सय मुद्दाभन्दा कम २ सय ६७ ओटा मुद्दा मात्र फर्छयौट गरेको छ ।
चालु आ.व. २०७२÷७३ को मंसिर महिनासम्ममा २ सय ६७ वटा मुद्दा मात्र फर्छयौैट गरिएएको जुन लक्ष्यभन्दा करिब १ हजार ३ सयको संख्यामा मुद्दा कम रहेको पुनरावेदन अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
रजिष्ट्रार कार्कीले तथ्याङ्क सार्वजनिक गर्दै मुलुकमा जारी वर्तमान अवस्थाका कारण कम मात्रामा मुद्दा फर्छैयौट भएको बताउनुभयो ।
गत आ.वमा २ हजार ५९ मुद्दा जिम्मेवारी र चालु आ.व.मा ३ सय ९८ वटा मुद्दा नयाँ दर्ता भई जम्मा २ हजार ४ सय ५७ मुद्दा लागत रहेको रजिष्ट्रार कार्कीले जानकारी दिनुभयो । जसमा चालु आ.व. को साउन महिनामा १५, भदौंमा २६, असोजमा २१, कात्तिकमा १५ र मंसिरमा २४ वटा नयाँ मुद्दा दर्ता भएको बताउनुभयो ।
पुनरावेदन अदालतका मुख्य न्यायाधिश इश्वर खतिवडाले अदालतले समुदायसँग अदालतको पहुँच ‘‘जनतासँग अदालत’’ कार्यक्रमलाई परिस्थिति सहज भएमा गरिने बताउनुभयो । यतिवेलासम्म जनतासंग अदालत कार्यक्रम कम्तीमा एउटा गरिसकेको हुनुपथ्र्याे र त्यो गर्न नसकिएको उहाँले बताउनुभयो ।
मुख्य न्यायाधिश खतिवडाले भन्नुभयो, ‘‘कानुन व्यवसायीसमेतले वर्तमान परिस्थितिमा बहस गर्न सक्दैनौं भनेर लिखित पत्र पठाएका छन् ।” उहाँले यस जटिल परिस्थतिमा बाँकी रहेको मुद्दा थन्किएपछि पीडक र पीडित दुबै पक्ष झनै पीडित बनेको उल्लेख गर्नुभयो । उहाँले यस्तो परिस्थितिमा अदालत जस्तो संवेदनशिल कार्यालयमा कामकाज गर्ने वातावरण बनाइदिन सम्पूर्ण पक्षलाई पहल गर्न आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: