Saturday, December 15, 2018
Home > विचार/अन्तर्वार्ता > हामी नाकाबाट फिर्ता हुँदैछौं : मुस्लिम गठबन्धन महासचिव

हामी नाकाबाट फिर्ता हुँदैछौं : मुस्लिम गठबन्धन महासचिव

 

मधेशी मोर्चा र मुस्लिम गठबन्धनबीचको सम्बन्ध चँुडिएपछि मधेश आन्दोलनबाट गठबन्धन फिर्ता हुने आशंका बढिरहेको बेला यसकै सेरोफरोमा रहेर गठबन्धनका महासचिव एवं एमाओवादीका सांसद मो.जाकीर हुसैनसँग सञ्चारकका लागि रेणुका बस्नेतले कुरा गर्नुभयो । प्रस्तुत छ कुराकानीको संक्षेप ।

zkair sahab
मधेश आन्दोलनमा हुनुहुन्थ्यो, मधेशी मोर्चासँग साइनो तोड्नुभयो । के तपाईहरुले राज्यसमक्ष आत्मसमर्पण गर्नुभएको हो ?
सबैभन्दा पहिले म के स्पष्ट गर्न चाहन्छु भने कुनै पनि मोर्चा कुनै खास उद्देश्यका लागि बनेको हुन्छ । हामी मधेशी मोर्चामा सामेल भयौं, हाम्रा पनि केही खास उद्देश्यहरु समावेश गराउँदै । तर मोर्चाले आन्दोलनको क्रममा हाम्रो हैसियतलाई नै सिध्याउने गरी व्यवहार देखाउँदै आयो । र, पछि त हाम्रा मुद्दाहरुलाई नै छोडेर सरकारी वार्तामा गयो । हामीले मोर्चाका नेताहरुलाई हामीप्रतिको दूव्र्यवहार सच्चयाउन र संयुक्त बैठक बसी हामीबीचको समस्या समाधान गर्न पटकपटक अनुरोध ग¥यौं तर उहाँहरु हामीसँग एकपटक पनि बैठक बस्न तयार हुनुभएन । र, हामीलाई मोर्चाबाट अलग हुन उहाँहरुले नै बाध्य तुल्याउनुभयो । हामी सबै कुरा सह्य भयो तर मुद्दा नै छोडिदिएपछि तपाईं आफैँ भन्नुस् हामी त्यहाँ कसरी बस्न सक्थ्यौं ?
हामी आन्दोलनमै छौं । मोर्चाले प्रस्तुत गरेका मुद्दाहरु जयज छन् । हामी ती मुद्दाहरुका पक्षमा छौं । ती मुद्दाहरु हाम्रा पनि मुद्दा हुन् । राज्यसमक्ष आत्मसर्पण गर्ने कुनै कारण नै बन्दैन ।
मोर्चाले त तपाईहरु त उसको घटक नै नभएको बताएको छ । मोर्चाबाट अलग्गिने हाँसउठ्दो घोषणा गर्नुभयो रे ?
यो सरासर झुठ हो । भदौ ३ गते लिखित सम्झौता गरेर संयुक्त पत्रकार सम्मेलन गरी हामी मोर्चामा सहकार्यका लागि सामेल भएका थियौं । त्यो सम्झौतापत्रको प्रतिलिपि पनि हामीसँग सुरक्षित छ ।
आन्दोलनमा सहकार्य गर्न मोर्चासँगै अघि बढ्ने धेरै सङ्घसंस्थाहरु छन्, तपाईहरु चैँ राजनीतिक दलकै रुपमा घटकको मान्यता पाउन किन मरिहत्ते गर्नुभयो ?
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा चारओटा पार्टी र हाम्रो गठबन्धनबाहेक अरु कोही भएको हामीलाई थाहा छैन । सङ्घीय मोर्चामा त्यस्तो स्थिति भएको हामीले सुनेका छौं । तर हामी सङ्घीय मोर्चामा छैनौं । मधेशी मोर्चामा चाहिँ हामी घटककै रुपमा थियौं । हो, हामी राजनीतिक पार्टी होइनौं तर आफ्नो समुदाय र भूगोलको अधिकारको कुरा उठाउने अधिकार राजनीतिक पार्टीको मात्र हुँदैन । हिजो फोरम नेपाल पनि गैराजनीतिक शक्ति नै थियो ।
मधेश आन्दोलनमा मधेश भूगोलका सबै धर्मालम्बी, समुदाय र जातजाति छन् तर मुस्लिम गठबन्धनले त मोर्चाको घटककै रुपमा अघि बढ्न खोज्यो । के यसलाई मुस्लिम गठबन्धन राजनीतिक दलको रुपमा परिणत हुने सङ्केतको रुपमा लिनुपर्छ ?
अरुको कुरा मलाई थाहा छैन । मुस्लिम गठबन्धन चाहिँ मुस्लिम समुदायको एउटा साझा प्लेटफर्म हो जो मुस्लिम समुदायको राजनीतिक अधिकारको लडाइँ लड्दै छ । यसमा लगभग सबै पार्टीका मुस्लिम नेताहरु छन् । यो मुस्लिम समुदायको एउटा शक्ति हो । र, हामीले सुरुमै घटककै रुपमा बस्ने सहमति गरेका थियौं ।
मुस्लिम गठबन्धनले राजनीतिक पार्टी खोल्दैन । यो प्रायोजित विचार हो । यसले मुस्लिम एकतालाई तोड्न सक्छ । मधेशी मोर्चाका केही नेताले हामीसित यो प्रश्न गर्दा हामी आश्चर्यचकित भएका थियौं ।
कतै तपाईहरु आफूलाई जनजातिजस्तै मधेशीभन्दा पृथक शक्तिको रुपमा प्रस्तुत गर्न त खोज्नुभएको होइन ?
मधेश धेरै वटा उपसंस्कृतिहरुको संगम हो । मधेशभित्र धेरैवटा शक्ति छन् । थारु, मुस्लिम, आदिवासी जनजाति, दलित आदि अलिक पृथक पहिचानका शक्तिहरु पनि मधेशमा छन् । झन् मुस्लिम त देशभरि नै छ । तर, मुस्लिम समुदायको ९७ प्रतिशत जनसंख्या मधेशमा रहेकोले यो समुदाय मधेशी समुदाय नै हो । त्यसलै उसमाथि शंका गर्नु हुँदैन । हो, जनजाति जस्तै पृथक पहिचान बोकेको आधारमा मुस्लिम एउटा शक्ति हो । मधेशले यसलाई आफ्नो एक आन्तरिक शक्ति, समुदाय र सँस्कृतिको रुपमा स्वीकार गरिदिए सबै शंका उपशंका दूर हुन्छ ।
यही कारण हो कि मोर्चाबाट अलग भएर पनि हामी मधेशको आन्दोलनलाई निरन्तरता दिँदैछौं ।
मधेश आन्दोलनले राष्ट्रिय स्वाधिनतामा आँच आएको र मानवीय संकट उत्पन भएको ठहर गठबन्धनको छ नि ?
हामी मधेशी मोर्चामा समावेश हुने बखतमै आफ्नो धारणा राखेका थियौं कि हामी शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन्छौं । पछिल्लो समयमा हाम्रो आन्दोलन उच्खृंल बन्दै गयो । केही जिल्लाहरुमा तरबार जुलुससमेत निकालिए । र, लामो समयसम्म सीमा बन्द गर्ने गरी हाम्रो गतिविधि बढे । भारतले अहिलेको नाकान्दीलाई तिमीहरुको आन्तरिक नाकाबन्दी हो भन्दै आएको छ । अर्थात् भारतले पनि यसको कारण हामीलाई ठहर्याएको छ । र, यो नाकाबन्दीले नेपालमा मानवीय संकट बढ्दै गएको अवस्था हो । गठबन्धन खास गरी हाम्रो यस गतिविधिबाट सन्तुष्ट थिएन । त्यस्तै मोर्चाका केही नेताहरुले नागरिकता त्याग गरिदिने, अलग मधेश राष्ट्र बनाउनेसम्मको अभिव्यक्ति दिए, भण्टाबारीमा भारतीय पक्षबाट गोली चल्दा मधेशी नेताहरुले त्यसबारे उपयुक्त अभिव्यक्ति दिएनन्, एम्बुलेन्स जलाइए । विराटनगरमा पेट्रोल छर्केर आम नागरिकलाई जलाउने प्रयत्न भयो । यी कार्यहरुका पक्षमा गठबन्धन थिएन । यी केही उदाहरण हुन् जसको सम्बन्ध राष्ट्रिय स्वाधिनता र मानवीय संकट उत्पन्न हुने कुरासँग छ । सँगै राज्यपक्षबाट भएका ज्यादती र दमन आदि गतिविधिले पनि यी दुई विषयलाई बल पुर्याएको छ । हामी राज्यपक्षको यो गतिविधिहरुका विरुद्धमा छौं ।
तर तपाईहरुले मोर्चासँग अलग्गिने घोषणा गर्दा जारी गर्नुभएको विज्ञप्तिमा राज्यपक्षले गर्दैआएको ज्यादती बारे उल्लेख गर्नुभएन नि ?
यो विज्ञप्ति मोर्चासँग सम्बन्धित भएकोले यसमा त्यो कुरा छैन । तर हाम्रा अन्य विज्ञप्तिहरुमा र आमसभाहरुमा हामीले राज्यपक्षको दमन र ज्यादतीका बारेमा बोल्दैआएका छौं ।
तपाईंहरु पनि हिजो नाकाबन्दीमा संलग्न हुनुहुन्थ्यो । प्रदर्शनहरु ग्रिरहनुभएको थियो । तर आज तिनै कारणले राष्ट्रिय स्वाधिनतामा आँच पुगेको र मानवीय संकट उत्पन्न भएको निष्कर्षमा कसरी पुग्नुभयो ? कतै तपाईहरुले आन्दोलनलाई बीचमै तुहाउने शक्तिको प्रपञ्चमा त पर्नुभएन ?
हामी यिनै कुराहरु सच्चयाउनका लागि मोर्चाका नेताहरुसँग संयुक्त बैठक बस्ने अनुरोध सयौपटक गर्यौं । तर उहाँहरुले अन्तिमसम्म हाम्रो बेवास्ता गरेर हाम्रो कुरा सुनि दिनुभएन त्यसैले मोर्चाबाट अग्गिने हाम्रो निर्णय न आकस्मिक हो न कतैबाट प्रायोजित । हामीलाई अलग्गिने घोषणा गर्ने बेलामै थाहा थियो कि हामीलाई लिएर यस्ता शंका उपशंकाहरु उत्पन्न हुनेछन् र हामीमाथि आरोपप्रत्यारोपको वर्षा हुनेछन् ।

भनेपछि तपाईहरु राष्ट्रिय स्वाधिनता जोगाउन र मानवीय संकटबाट देशलाई उबार्न अब नाकाबाट फिर्ता हुनुभयो, हैन त ?
गठबन्धन आन्दोलनको स्वरुपमा प्रष्ट छ ऊ शान्तिपूर्ण आन्दोलनकै पक्षमा छ । नाकाबाट हामी फिर्ता हुनुपर्छ । नाकाबन्दीले मानवीय संकट उत्पन्न भएकै हो । म सांसदजस्तोको घरमा ग्यास छैन । आमजनताको के हालत होला ?

बन्द त मधेश पनि छ नि ? मधेशमा मानवीय संकट उत्पन्न भएको महसूश गर्नुभएको छैन ?
बन्दसम्मको आन्दोलनलाई नेपाली जनताले पचाउँदै आएको छ । तपाईले मधेश बन्दको कुरा उठाउँदा खेरी म भन्छु आन्दोनरत पक्षले आफ्ना जायज माग पुरा गराउन पुरै नेपाल बन्दको आव्हान गर्न सक्छ नि ।

गठबन्धनका अध्यक्ष शमीममियाँ अन्सारीले त हामी नाकाबाट फिर्ता हुँदैनौं भन्ने कुरा गर्नु भएको छ नि ?
त्यो मलाई थाहा छैन । हामीले विज्ञप्तिमा मानवीय संकटको कुरा उठाइसकेपछि हाम्रो संयोजकज्यूले त्यस्तो नभन्नुपर्ने हो । त्यसको जवाफ उहाँले नै दिनु बेस होला ।

%d bloggers like this: