प्रियङ्का झा : जसको स्पन्दनमा बाँच्छ मैथिली सिनेकर्र्र्म

p1

रगतमै बग्दछ सिनेकर्र्मका कथाव्यथा । जीवनभन्दा कठोर र दुस्साहसिक सिनेकर्र्मको यात्रा उत्कर्षमा पुगेको बेला पिता रमेशरञ्जन झाकी पुत्रीका रूपमा उनी जन्मिएकी थिइन् । सिनेकर्र्मसँगै जोडिएका थुप्रै दन्त्यकथा सुन्दै उनी हुर्किइन् । उनको शिक्षादीक्षामा सिनेकर्र्मका भेद, जटिलता र सकसबाट गहिरो दबाब परेको छ । यही दपेटाइले उनलाई बेधक र डेगिलो बनाउँदै आयो । सानैदेखि नृत्यका विभिन्न भावभङ्गिमासँग पौँठेजोरी खेल्दै उनी पिताको कर्मचिह्नलाई पछ्याउने मैथिली कलाक्षेत्रकी चर्चित कलाकार बन्न पुगिन् । हो, चर्चा तिनै प्रियङ्का झाकै हो ।
उनी विछट्ट सुन्दर छिन् । खोट लगाउन नसकिने उनको सुन्दर कायामा जबर्जस्त प्रतिभाको मणि जडिएका छन् । जसले उनको कलाव्यक्तित्वलाई मात्र उज्यालो बनाएको छैन कि मैथिली सिनेकर्र्म नै देदीप्यमान भएको छ । उनी छोरी हुनुको लाजधक र बुहारी हुनुको सरमबाट निकै माथि उठेर रङ्गकन्याका रूपमा मैथिली कलाक्षेत्रलाई ‘नायकछोरी’ दिएकी छिन् आफ्ना असङ्ख्य प्रभावोत्पादक प्रस्तुतिहरूबाट । मैथिली सिनेकर्र्मका यी कुशल अभिनेत्रीसँग पिताप्रदत्त कलाक्षेत्रीय पात्रता र रङ्गविवेकबाट निःसृत संस्कार छ । र, पिताका कलाकर्र्मीय सङ्घर्षका दिनहरूको अबोध तथा निर्दोष साक्षी हुनुको प्रेरणा पनि ।
नाटकको भूतले पिता रमेशलाई कज्याएको झन्डै तीन दशकभन्दा बढी समयसम्म आमा देवता झाले देखाएको धीरता, संयमता र चुप्पीको महाकाव्यको एउटा जीवन्त पात्र पनि हुन् उनी । त्यसैले उनका हरेक कलाक्षेत्रीय भूमिकामा उनीभित्रको कलाकार मात्र बोल्दैनन् । एउटा व्यक्ति मुखरित हुन्छन्, समाजकै कुनै कुनाबाट जो नाटकका पात्रमा कैद गरिएका हुन्छन् महेन्द्र मलंगिया वा उनका नाटककार पिता झाजस्ता गुनी शोधकबाट ।
धनुषाको परवाहा गाविसमा ०४५ असोज ४ गते जन्मिएकी झाले मानविकी सङ्कायमा प्रवीणता प्रमाणपत्रतह उत्तीर्ण गरेकी छिन् । मैथिली कलाक्षेत्रका प्रतिभाशाली र प्रखर निर्देशक रवीन्द्र झासँग विवाहबन्धनमा बाँधिएकी प्रियङ्का नाटकबारे अनौपचारिक अध्ययन गर्ने कुनै पनि अवसर गुमाउँदिनन् । ‘रस नै नाटकमा बसेको छ । जीवन महत्वपूर्ण कि नाटक खुट्याउन गाह्रो छ,’ नाटकप्रतिको समर्पणबारे प्रियङ्का भन्छिन्, ‘कलाकर्र्मीहरूले नै भरिएको परिवार भएको हुँदा हाम्रो गम्भीर र ठट्टा गर्ने दुवै विषय नै नाटक बनेका छन् ।’
कलाकर्र्मी परिवारकी छोरी भए पनि नाटकमा उनको संलग्नता अन्य स्रष्टाहरूसँगको चिनजानले नै भएको हो । पिताको बढ्दो प्रसिद्धि र घरमा कलाकर्मीहरूको हुने बाक्लो भीडले भने नाटकलाई लिएर उनको मनमा अचम्मको कुतूहल र जिज्ञासा उत्पन्न हुने गथ्र्यो । यही रुचिले गर्दा उनी कलाक्षेत्रका कलाकारहरूसँग निकट भइन् र आफ्नो कलायात्रा आरम्भ गर्ने आधार बनाइन् । सिनेकर्र्मलाई नै जीवन बनाएका र कलाक्षेत्रको महत्व, गरिमा र सम्मान बढाउन आफ्नो सम्पूर्ण ऊर्जा अर्पित गरिरहेका पिता रमेशले प्रतिवाद गर्ने कुरै थिएन । उनी आफ्ना सपनाका प्वाँखहरूलाई सम्हाल्दै उडिन् कलायात्राका लागि ।
नृत्यप्रति प्रियङ्काको लगाव निकै बढी थियो । तर, पढ्नुपर्ने धपेडी र थोरै सङ्कोचका कारण उनले खुलेरै अभिभावक वा पिताका सहधर्मीहरूसँग कुरा राख्न सकेकी थिइनन् । तर, पितासँगै भने उनी सांस्कृतिक कार्यक्रम हुने थलो वा त्यसपूर्वका अभ्यासस्थलसम्म पुग्न थालेकी थिइन् । उनको मनको उत्सुकतालाई पहिलोपटक मैथिलीकी प्रसिद्ध गायिका रश्मीले छामिन् । र, रामानन्द युवा क्लबको एउटा कार्यक्रममा नाच्न प्रेरित गरिन् । उनको पहिलो नृत्य सामूहिक थियो । तर, उनको विशिष्ट मुद्राभिव्यक्तिले भीडमा भने उनी फरक देखिएकी थिइन् । यता नियमित नाटक प्रदर्शन गर्ने संस्था मिनापले नाटककै हाराहारीमा मैथिली गीत–सङ्गीतको प्रवद्र्धनका लागि नाचगानलाई पनि प्राथमिकतामा राख्न थालेपछि नाटककार महेन्द्र मलंगियाले मिनापको मञ्चका लागि प्रियङ्कालाई संस्थासँग आबद्ध गराए । यसरी मिनापमा आबद्ध भइरहँदा नाचगानका लागि भित्रिएकी कलाकार प्रियङ्काले नाटकमा सशक्त कलाकारका रूपमा परिचय बनाउने अड्कल त्यतिबेला कसैले गरेका थिएनन् । उनको मठ्ठैमनोहर नृत्यमा केही नाटकका अभियन्ताहरूले सशक्त अभिनयको छनक भने पाइसकेका थिए ।
मिथिला कलाकला परिषद्मा आबद्ध भएपछि उनी नाटकहरूमा सानातिना भूमिकामा देखिन थालिन् । प्रशंसा पनि बटुलिन् । तर, औपचारिक रूपमा ०६० मा ‘ओ खाली मुह देखै छै’ नाटकबाट कलाक्षेत्रीय यात्रा सुरु गरिन् उनले । राजधानीमा भएको प्रज्ञा–प्रतिष्ठानको महोत्सवमा प्रस्तुत गरिएको त्यस नाटकमा उनको अभिनयको तारिफ गरेर कोही पनि थाकेनन् । त्यसपछि उनले कलासंसारबाट पछि फर्केर कहिल्यै हेर्नुपरेन । उनको भूमिका फैलियो र प्रायः मुख्य अभिनेत्रीका रूपमा स्थान सुरक्षित पारिरहिन् । नाटकको सुरुवाती दिनमा भने उनी पिताका अगाडि अभिनय गर्न निकै लजाउने गर्थिन् । कहिलेकाहीँ त पितासमक्ष अभिनय गर्नुपरेको यथार्थबोधले उनी संवादसमेत बिर्सिन्थिन् । तर, पिताले हौस्याएपछि उनको त्यो डर, त्रास र लाज हराएको थियो । अनावश्यक लज्जा र सरमलाई पिताकै प्रेरणाबाट हटाएपछि उनको अभिनयमा निखार मात्र आएन, धेरैलाई जिल्याउँदै उनको गणना पहिलो श्रेणीको अभिनेत्रीमा हुन थाल्यो ।

कलाक्षेत्रीय नाटकका अतिरिक्त प्रियङ्काले आफ्नो दह्रो उपस्थिति सडक र रेडियोनाटकमा पनि जनाइन् । वास्तवमा उनको अहिलेको प्रसिद्धि र लोकप्रियताको कारण पनि नाटकका यस्तै संस्करण बनेका हुन् । जनकपुरधामको पहिलो एफएम रेडियो जनकपुरबाट प्रसारण हुने उनका रेडियोनाटकहरू निकै चर्चित बने । रेडियोनाटकमा एउटा समूह जसलाई मैथिलीभाषीहरूले औधी मन पराए, यो समूहका सदस्य थिए, प्रियङ्का, रवीन्द्र झा र रामनारायण ठाकुर । संयोग वा सम्बन्धको रसायन भनौँ, उनीहरूको यस समूहले कलाक्षेत्रमा पनि लामो समयसम्म रवाफ कायम राख्यो । तीमध्येका रवीन्द्रसँग त उनको प्रणयसूत्र नै बाँधियो । ०६६ वैशाख ४ गते विवाहबन्धनमा बाँधिएकी प्रियङ्काकी एक छोरी पनि छिन् ।
कलाक्षेत्रमा उनको प्रवेश ०६० को वरपर भएको थियो । प्रवेशपछि निरन्तर व्यस्त हुने सौभाग्य पाएकी उनले त्यसलगत्तै धेरैवटा टेलिफिल्म र नाटकमा काम गरिन् । उनले काम गरेका चर्चित नाटकमा छुतहा घैल, बगिया, ओकरा आँगनक बारहमासा, ओरिजनल काम, खोता, हमरा नेपाल चाही र लेहुआएल आँचरलगायतका छन् । त्यस्तै उनका रेडियोनाटकहरूमध्ये मैथिली भाषाका सङ्गोर निकै चर्चित भएको थियो । बीबीसीले निर्माण गरेकोे कथा मीठो सारङ्गीको, इमेज एफएमको ज्ञान नै शक्ति होलगायतका नेपाली भाषाका रेडियोनाटक पनि उत्तिकै चर्चित रहे । उनले अभियन गरेका टेलिफिल्म तथा फिल्महरू कन्यापुत्रा र छोट छोट बात मैथिलीमा चर्चित रहे । त्यस्तै, नेपालीमा बाबा, आमा २, कालाजरलगायतका फिल्म पनि चर्चाको दृष्टिले उल्लेख्य छन् ।
सिनेकर्र्मले ज्ञान, चेतना र प्रतिष्ठा दिए पनि जीवन धान्न आर्थिक आधार नदिने प्रियङ्काको पनि गुनासो छ । धेरै कलाकर्र्मीको आर्थिक अवस्था निकै कमजोर र दयनीय रहेकाले पनि उनीहरूलाई ढुक्क भएर कलाक्षेत्रप्रति समर्पित हुन समस्या रहेको उनको धारणा छ । सोख र सम्मानका लागि सिनेकर्र्ममा लाग्ने परम्परा आज पनि ज्युँकात्युँ छ । तर, विभिन्न गैरसरकारी संस्थाहरूले सडक तथा रेडियोनाटकलाई प्रायोजन गर्न थालेपछि कलाकारहरूले थोरै भए पनि एकमुष्ट रकम थाप्ने क्रम सुरु भएको छ । आफ्नो क्षमता र प्रतिभाका कारण प्रियङ्का सडक तथा रेडियोनाटकका लागि निर्विकल्प पात्र बन्न थालेपछि यसैसँग उनको आधार जोडियो । नाटकक्षेत्रमा काम गर्दा सुरुका दिनमा उनले भोग्नुपरेका आर्थिक समस्या भने कम भएको उनको अनुभव छ । सडक तथा रेडियोनाटक गर्ने कलाकारहरूले अब भोकभोकै काम गर्ने स्थितिमा बदलाव आएको छ । त्यसअघि आप्mनै घरबाटै भोजन गरेर नाटक गर्नुपथ्र्यो । दश वर्षअघि र अहिले कलाकर्र्मीहरूको अपेक्षा र सुविधा पनि परिवर्तित भएको छ । उनको भनाइमा पहिले नाटक गर्न जाँदा गोठ वा सार्वजनिक घरहरूमा बस्ने कलाकर्मीहरू हिजोआज राम्रो होटलमा बस्ने गर्छन् भने पहिले चिउरा–तरकारी खानुपथ्र्यो भने अहिले चिताएअनुसारको राम्रो भोजन पाइन्छ । तर, यस्तो परिवर्तनले मात्र मैथिली नाटकको विकास हुनसक्ने कुरामा उनी सहमत छैनन् ।

P
मैथिली कलाक्षेत्रका कलाकारलाई दर्शकले अपार सम्मान गरेका छन् । तर, राज्यले भने यी कलाकर्र्मीको खोजखबर लिएको छैन । स्थानीय सिनेकर्र्मको विकासका लागि कहिल्यै सरकारी योजना बन्दैनन्, केही काम भए पनि औपचारिकतामा सीमित हुन्छ । ती कामले न त कलाकारको हौसला बुलन्द हुन्छ न त ज्ञानमा अभिवृद्धि नै । आर्थिक प्रतिफल प्राप्त हुने कुरा त कलाकारले चिताउँदैनन् पनि । जीवनको सम्पूर्ण तन्नेरीपन कलाक्षेत्रको विकासका लागि खर्च गर्ने कलाकारलाई सुरक्षित भविष्य दिने दायित्व सरकारको भएको बताउने प्रियङ्का राज्यले कलाकारको वृत्ति विकास र कलामञ्चनलाई आर्थिक उपलब्धिसँग जोड्ने पूर्वाधार बनाउन अग्रसर भए मैथिली कलाक्षेत्रको सुनौलो दिन फर्कने आशा व्यक्त गर्छिन् मल्लकालजस्तै ।
(अनिलकुमार कर्णको अप्रकाशित मैथिली रङ्गकर्मका एघार हस्ताक्षरबाट)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *